कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सिन्धुलीमा कांग्रेस जिल्ला अधिवेशन स्थगित

राजकुमार कार्की

सिन्धुली — जिल्ला कार्यसमिति पूर्वसदस्य एवं दुधौली नगरपालिकाका वडाध्यक्षको निधन भएपछि जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला सदस्य एवं वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटनामा बिहीबार निधन भएको छ । कांग्रेसको १४ औं महाधिवेशन तालिकाबमोजिम शुक्रबार जिल्ला अधिवेशन रहेको छ ।

सिन्धुलीमा कांग्रेस जिल्ला अधिवेशन स्थगित

कांग्रेस सिन्धुलीको आकस्मिक बैठकले गरेको अनुरोधबमोजिम जिल्ल अधिवेशन रोकिएको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले बताए ।

जिल्लामा संघीय निर्वाचन क्षेत्र नं २ को सभापति पदको मत परिणाम घोषणा हुन सकेको छैन । निर्वाचन अधिकृतका अनुसार क्षेत्रीय सभापति पदको मतपत्र महाधिवेशन प्रतिनिधिकोमा मिसिएको र बढी भेटिएकाले सहमति नजुट्दा विजय उम्मेदवारको घोषणा हुन नसकेको हो ।

क्षेत्रीय सभापति पदमा कुमार ढकाल र कपिल कोइराला प्रतिस्पर्धामा छन् । रुजु भएअनुसार हराएको ९ मतमात्र रहेकोमा महाधिवेशन प्रतिनिधिहरुको मत पत्र बक्समा १३ वटा भेटिएपछि धाँधली भएको भन्दै उम्मेदवारहरुले घोषणा गर्न नदिएका हुन् । निर्वाचनअधिकृत खड्काकाअनुसार कसरी मतपत्र बढी भयो भन्नेमा छानबिन भइरहेको छ । महाधिवेशन प्रतिनिधि ५० जना र अन्य पदाधिकारीहरुको भने घोषणा भइसकेको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?