कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

राजकुमार कार्की

सिन्धुली — दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको स्थानीय शिक्षक रामकुमार कार्कीले जानकारी दिए ।

काम विशेषले बिहीबार सिरहाको पुगेका वडाध्यक्ष बस्नेत कांग्रेस दुधौलीका निवर्तमान सभापति थिए ।

प्रकाशित : मंसिर ९, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?