कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कारको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप नगरपालिकास्थित ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार रामेछाप नगरपालिका ८ भोटेटार बस्ने ७२ वर्षीय मंगल तामाङले सोही ठाउॅकी ८ वर्षीया बालिकालाई चाउचाउ किन्न गएको बेला फकाएर आफ्नै घरमा लगी जबर्जस्ती करणी गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार तामाङलाई बुधबार जबर्जस्ती करणी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

रामेछापकै भुजीमा ५ वर्षिया बालिकालाई जबर्जस्ती करणी गर्ने उद्योग गरेको अभियोगमा मंगलबार मात्रै १८ वर्षीय किशोर प्रहरी हिरासतमा पुगेका थिए ।

प्रकाशित : मंसिर ८, २०७८ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?