कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा देउवा पक्षको ‘क्लिन स्विप’

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा सम्पन्न प्रदेशसभास्तरीय निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको छ ।

मकवानपुरमा देउवा पक्षको ‘क्लिन स्विप’

कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना तथा कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको समर्थन रहेको उम्मेदवारले संस्थापन इतरलाई पराजित गर्दै चारवटै क्षेत्रमा जीत हात पारेको हो । निर्वाचनबाट प्रत्येक क्षेत्रमा कार्यसमितिसहित २५ जना प्रदेश प्रतिनिधि पनि छनोट गरेको छ । जिल्लाको ४ क्षेत्रमध्ये तीन स्थानमा प्यानलसहित निर्वाचन प्रक्रिया भएको थियो । निर्वाचन प्रक्रियाबाट ३ सभापति चयन हुँदा एकजना निर्विरोध सभापति चयन भए ।

मकवानपुर प्रतिनिधिसभा–१ को प्रदेशसभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका थिए । उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली निर्विरोध चयन भएका हुन् ।

मकवानपुर प्रतिनिधिसभा–१ ‘ख’ मा राजेश बानियाँको प्यानल नै विजयी भएका हो । सभापतिमा बानियाँले १७७ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत ल्याए । उपसभापतिमा विनोद शर्माले १६० र शुक्रराज जोशीले १५६ मत ल्याएर विजयी भए । सचिवमा गोकर्ण सुवेदीले १८० र प्रदिप कडेँलले १९२ मत ल्याएर विजयी भए । सहसचिवमा केदारप्रसाद ढोडारीले १८८ र सानो कान्छा दोङले १९६ मत ल्याएर विजयी भए ।

मकवानपुर प्रतिनिधिसभा–२ को ‘क’ को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । गोपालीले सभापतिका अर्का प्रतिस्पर्धी सुजन गोपालीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उपसभापतिमा इश्वरी शाही ठकुरी र रञ्जन कठायत विजयी भएका छन् । सचिवमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी हुँदा सहसचिवमा रामशरण गोपाली र समिता रसाइली विजयी भएको पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

मकवानपुर प्रतिनिधिसभा–२ को ‘ख’ सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी रामकृष्ण प्रजालाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत पाएका थिए । उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् । सचिवमा नवराज पौडेल र कृष्ण योञ्जन विजयी हुँदा सहसचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी विजयी भएका हुन् ।

प्रकाशित : मंसिर ४, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?