कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नुवाकोट दुप्चेश्वरबाट सुत्केरीको उद्धार

कृष्ण थापा

नुवाकोट — दुप्चेश्वर गाउँपालिका ७ स्थित शिखरबेंसीकी एक सुत्केरीको गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । 

नुवाकोट दुप्चेश्वरबाट सुत्केरीको उद्धार

शनिबार स्थानीय २४ वर्षिया अप्सरा थापाको सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्राव भएपछि उपचारका लागि सेनाको हेलिकोप्टरबाट राजधानी पठाइएको हो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उपचारका लागि काठमाडौं पठाइएको गाउँपालिकाले जनाएको छ ।

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि बनाएर उक्त कार्यक्रममार्फत सेवा प्रदान गरिएको छ । उनलाई काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा पठाइएको र उनको स्वास्थ्य अवस्था सुधार रहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताए ।

प्रकाशित : कार्तिक २७, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?