कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले पालिका अधिवेशन : सिन्धुलीको सुनकोसीमा गिरी र गोलन्जोरमा थापा चयन

राजकुमार कार्की

सिन्धुली — एमाले पालिका अधिवेशनअन्तर्गत सुनकोसी गाउँपालिका अध्यक्षमा अशोक गिरी सर्वसम्मत चयन भएका छन् । 

एमाले पालिका अधिवेशन : सिन्धुलीको सुनकोसीमा गिरी र गोलन्जोरमा थापा चयन

गोलन्जोर गाउँपालिकामा रेगनराज थापाको अध्यक्षतामा ६७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेश स्वास्थ्यमन्त्री प्रदीप कटुवालले जानकारी दिए । दुइटा गाउँपालिकामा नतिजा आएको र बुधबारसम्ममा बाँकी ७ वटा पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत भइरहेको अध्यक्ष कटुवालले बताए ।

७९ वटा वडामा वडाअधिवेशन सम्पन्न गरी पालिकाहरुका लागि चुनिएर आएका करिब एक हजार दुई सय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेले जनाएको छ । कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, फिक्कल, घ्याङलेख, मरिण, हरिहरपुगढी र तीनपाटन गाउँपालिकामा नेतृत्वमा पुग्नका लागि प्रतिनिधिहरुबीच रसाकस्सी भइरहेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?