कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटका ८८ वडामै एमालेको नयाँ नेतृत्व

कृष्ण थापा

नुवाकोट — नुवाकोट एमालेले वडा अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका ८८ वटा वडामा नयाँ कमिटी निर्माण भएको वाग्मती प्रदेशका भूमि व्यवस्था कृषि तथ सहकारीमन्त्री एवं एमाले जिल्ला कमिटीका उपाध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

नुवाकोटका ८८ वडामै एमालेको नयाँ नेतृत्व

वडा कमिटी निर्माणको लागि पार्टी विभाजनपछि पनि कुनै असर नपरेको नुवाकोट एमालेले जनाएको छ । नुवाकोटमा शनिबारबाट वडाअधिवेसन थालेको हो । एमालेको विधानअनुसार गाउँ तथा नगरमा ३१ सदस्यीय नयाँ कमिटी बनेको छ ।

काठमाडौस्थित केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार अध्यक्ष पूर्वप्रधानमन्त्री तथा केपी ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेका थिए ।

एमालेले आगामी मंसिर १० देखि १२ गते १० औं महाअधिवेसन गर्ने निर्णयअनुसार वडा अधिवेशन थालेको हो । एमालेले मंगलबार पालिकास्तरीय अधिवेशन गर्दै छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?