कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशसभा बैठक सार्न एमालेको आग्रह

सुवास विडारी

मकवानपुर — अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशमा सत्ता लम्ब्याउन अर्को कदम चालेकी छन् । कात्तिक ४ गते बिहीबारका लागि तय भएको प्रदेशसभा बैठक सार्न आग्रह गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई नेकपा (एमाले) संसदीय दलले लिखित पत्र पठाएको हो । 

वाग्मती प्रदेशसभा बैठक सार्न एमालेको आग्रह

एमाले मुख्य सचेतक दीपक निरौलाले बुधबार बैठकको समय हेरफेर गर्न प्रेदेशसभा सचिवालयलाई आग्रह गरेको हो । एमालेले बैठक ११ गतेका लागि बोलाउनसमेत प्रस्ताव गरेको छ । कात्तिक पहिलो हप्ताभित्र एमालेको स्थानीय अधिवेशन हुने र अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न प्रदेशसभासमक्ष लिखित प्रस्ताव गरेका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।


प्रकाशित : कार्तिक ३, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?