राप्रपा नुवाकोटमा खड्गी चयन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा नुवाकोटमा खड्गी चयन

कृष्ण थापा

नुवाकोट — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको अधिवेशनले कुलबहादुर खड्गीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा विमल थापा र कान्छा लामा चयन भएका छन् । सचिव र कोषाध्यक्ष नयन गर्न बाँकी छ । 

अहिले अध्यक्ष र उपाध्यक्षसहित २९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको सदस्य नारायण अधिकारीले बताए ।

राप्रपा एकीकृत भएपछि यो नयाँ कार्यसमिति बनेको हो ।


प्रकाशित : आश्विन ९, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

सोमालियामा आत्मघाती कार बम विस्फोटमा ७ को मृत्यु, ८ जना घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रपति निवास नजिकै आत्मघाती कार बम विस्फोट गरिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

राष्ट्रपति निवास नजिकैको सडकमा शनिबार बम विस्फोट भएको रोयटर्समा समाचार छ । 'सीलगाब जंक्सनमा कार बम विस्फोटबाट ७ जना मारिएका छन् । ८ जना घाइते छन्,' हमारजाजाब जिल्लाका आयुक्त मुआवीए मदीले बताएका छन् । घटनास्थलमा ७ वटा कार र ३ रिक्सा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

विस्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म यकिन भइसकेको छैन । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम यसअघि यस्तै प्रकृतिका अधिकांश विस्फोटका घटनामा सशस्त्र समूह अल सबाबको संलग्न रहने गर्थ्यो ।

प्रकाशित : आश्विन ९, २०७८ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×