कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा पाहा मार्न गएका दुई युवाको डुबेर मृत्यु

प्रताप विष्ट

हेटौंडा — पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-५ सुपिङका २२ वर्षीय नविन दोङ र २० वर्षीय राजन दोङको मंगलबार राति धुन्धुरे खोलामा पाहा मार्न जाँदा डुबेर मृत्यु भएको हो ।

धुन्धुरे खोलाको खोचमा राति पाहा मार्न गएका दोङद्वय ढुंगामा चिप्लिएर खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । उनीहरु विगत केही दिनदेखि उक्त खोलामा राति पाहा मार्दै आएका थिए ।

पाहालाई खोलाको किनारमा टर्च लाइटको उज्यालो देखाएर समात्ने गरिन्छ । उज्यालो देखाउने क्रममा ढुंगाबाट चिप्लिएर गहिरो खोलामा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पाहा मार्न गएकाहरु बुधबार बिहानसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा धुन्धुरे खोलाको खोचमा उनीहरुको शव तैरिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित : भाद्र ३०, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?