पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

रमेशकुमार पौडेल

चितवन — पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलामा पहिरो हटाइएपछि यातायात सञ्चालन भएको छ ।

बुधबार बिहान २ बजेतिर पहिरो गएपछि यातायात अवरुद्ध भएको थियो । बिहानैदेखि पहिरो हटाउन सुरु भए पनि केही बेरअघि मात्रै काम सकिएको हो ।

पहिरो हटाइएपछि अहिले दुईतर्फी नै गाडी चलेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीका पत्रकार चौहानको निधन

अमृता अनमोल

बुटवल — रूपन्देहीको लुम्बिनी क्षेत्रमा क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसिएमएस) मा मंगलबार राति साढे १२ बजे उनको निधन भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि ४५ वर्षीय चौहान लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । अवस्था थप गम्भीर भएपछि यूसीएमएसमा लगिएको थियो ।

लुम्बिनी क्षेत्रमा रहेर दुई दशकदेखि पत्रकारिता गरिरहेका चौहान बुद्ध टेलिभिजन, बुटवल टुडे दैनिक र एबीसी टेलिभिजनमा कार्यरत थिए । चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य थिए ।

चौहानका पत्नी, चार छोरा र तीन छोरी छन् । उनको अन्तिम संस्कार लुम्बिनीनजिकको कोठी नदीमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रकाशित : भाद्र ३०, २०७८ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×