कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध 

राजकुमार कार्की

सिन्धुली — मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबार नजिकको अक्करे भीरमा फेरि पहिरो खस्दा बिहीबार बिहानबाट यातायात अवरुद्ध बनेको छ ।

सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध 

प्रहरीका अनुसार बुधबार रातिको वर्षाले अक्करे भीरमा पहिलेकै स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । यसअघि सोही स्थानमा पहिरो खस्दा चार दिन यातायात अवरुद्ध भई दुई दिनअघि मात्र खुलेको थियो ।

अक्करे भीरमा करिब तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । लामो क्षेत्रफलमा पहिरो खसेकाले तत्काल यातायात सुरु हुने सम्भावना नरहेको सिन्धुली प्रहरीका प्रवक्ता डीएसपी मनोजकुमार लामाले जानकारी दिए । पहिरो पन्छाउनका लागि गोलन्जोर गाउँपालिकालाई एक्स्काभेटर पठाइदिन अनुरोध गरिएको उनले जनाए ।


प्रकाशित : भाद्र १७, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?