कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घ्याङलेख गाउँपालिकामा विद्युत् सुचारु गर्न प्राविधिक लिएर जाँदै गरेको सिन्धुली विद्युत् प्राधिकरणको जिप आइतबार बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ नजिक दुर्घटना हुँदा चालकसहित प्राविधिक गम्भीर घाइते भएका छन् ।

सिन्धुलीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

प्रहरीका अनुसार प्रदेश नम्बर ३ ० ०० १ ञ २५५५ नम्बरको जिप दुर्घटनामा परेर चालक प्रमेश्वर सुनुवार र प्राधिकरणका कर्मचारी राजिव लामा गम्भीर घाइते भएका हुन् ।

घाइते दुवैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटना भएको जिप राजमार्गबाट करिब एकसय ५० मिटर तल खसेको छ । पहिरोले पोल ढलेपछि घ्याङलेखमा विद्युत् सेवा अवरुद्ध छ ।

प्रकाशित : भाद्र १३, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?