१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पहिरोले बीपी राजमार्ग अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरे फाँटमा लेदोसहितको पहिरो झरेपछि बीपी राजमार्ग आइतबार बिहानबाट अवरुद्ध भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

पहिरोले बीपी राजमार्ग अवरुद्ध

पहिरो पन्छाउन मेसिन पठाइए पनि वर्षाले काम गर्न मुस्किल परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । राजमार्गमा जताततै सानाठूला पहिरो खसेको र खहरेहरूमा समेत बाढी आएकाले जानकारी लिएर मात्र यात्रामा निस्कन लामाले सुझाएका छन् ।

राजमार्गकै सिन्धुलीमाडी–बर्दिबास खण्डको फाल्चुरीनजिक खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएकोमा फेरि पनि खुल्ने र बन्द हुने क्रम जारी छ ।

प्रकाशित : भाद्र १३, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?