कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राप्ती खोलामा ट्रक खस्दा एकको मृत्यु

सुवास विडारी

मकवानपुर — त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको राप्ती खोलामा शुक्रबार बिहान मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–१ सानुटारमा फलाम बोकेर काठमाडौं जाँदै गरेको प्रदेश १–०२–००१ ख ७५९ नम्बरको आइचर ट्रक आफैं अनियन्त्रित भई राप्ती खोलामा खसेको हो । मृत्यु हुनेमा सिन्धुली लम्पटारका २८ वर्षीय भगवान् बस्नेत रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार ट्रकमा सवार बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका–८ का ३१ वर्षीय राजन बास्कोटा र सहचालक सोही ठाउँका २४ वर्षीय सरोज आचार्य छन् । उनीहरूको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×