कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

नगेन्द्र अधिकारी

काभ्रे — विद्यार्थीले शुल्क नबुझाएको भन्दै कलेजले पढाइ नै रोकेपछि धुलिखेलस्थित पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित भएका छन् । भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ साउन १ गतेदेखि रोकिएपछि ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो व्याचमा अध्ययनरत ९० जना विद्यार्थी आन्दोलित भएका हुन् ।

शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

अध्ययन–अध्यापन सुचारु गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालय काभ्रेमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको चौथो वर्षमा अध्ययनरत विद्यार्थी रुपेश ठाकुरले जानकारी दिए । धर्ना दिन गएका विद्यार्थीलाई पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले भेट्न नमानेको र प्रहरी लगाएर पक्राउ गरेको विद्यार्थीको आरोप छ । ‘पैसा नतिरेको आरोपमा पढाइ नै रोकियो,’ ठाकुरले भने, ‘कोर्स सकिँदासम्म किस्ताबन्दीमा सबै पैसा तिर्छु भनेका थियौं । तर पढाइ नै रोक्ने काम भयो ।’


१५ लाख तोकिएको शुल्क विद्यार्थीले ४ किस्तामा तिर्ने गरी तय भए पनि विगत ७–८ महिनादेखि विद्यार्थीले शुल्क नबुझाएको कलेजको दाबी छ । शुल्क बुझाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेकाले बाध्य भएर पढाइ रोक्नु परेको प्रधानाध्यापक डा. चन्द्रकिशोर यादवले बताए । विद्यार्थीले शुल्क नबुझाएपछि कलेजले २९ जना शिक्षक र कर्मचारीको साउन महिनाको तलब रोकिएको प्रशासनले जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त कलेजमा चार ब्याजका १ सय ११ जना अध्ययनरत छन् । आफ्नै अस्पताल नभएको कलेजले बनेपाको शिर मेमोरियल अस्पतालमा ६ महिने ओजिटीको लागि सम्झौता गरेको छ । कलेजको आफ्नै अस्पताल भने निर्माणाधीन छ ।

प्रकाशित : भाद्र १, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?