२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

रमेशकुमार पौडेल

चितवन — सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

सुकदेवले धराैटी नबुझाएका कारण साेमबार भने उनी कारागार चलान भएकाे चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए । धराैटी बुझाए उनी जुनसुकै दिन थुनामुक्त हुने आचार्यकाे भनाइ छ ।

जिल्ला न्यायाधीश प्रकाश अधिकारीले साे आदेश गरेका हुन् । सुकदेव मृतक सुजिताका ठूलाे बुबाका छाेरा हुन् ।

पूर्वी चितवन राप्ती नगरपालिका-३ पिप्लेकी २३ वर्षीया सुजिताकाे शव असार २० गते जंगलमा फेला परेकाे थियाे । उनी असार ११ गते बिहानदेखि हराइरहेकी थिइन् । परिवारका सदस्यले सुजिता अपहरणमा परेकाे बताएपछि प्रहरीले खाेजी सुरू गरेकाे थियाे ।

सुकदेव साउन ७ मा समातिएका थिए । नातामा दाजु बहिनी परे पनि सुजिता र सुकदेवबीच प्रेम सम्बन्ध रहेकाे र सुजिताले सुकदेवलाई बिहे गर्न भनेकाे अनुसन्धानमा खुलेकाे चितवन प्रहरीले जनाएकाे थियाे ।

प्रकाशित : श्रावण ३२, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?