कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

दैनिक ११५ सिलिन्डर अक्सिजन उत्पादन
प्रताप विष्ट

हेटौंडा — उद्योग संघ मकवानपुरको सक्रियतामा स्थापना गरिएको अक्सिजन प्लान्ट आइतबार एक समारोहबीच हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको परिसरमा स्थापना गरिएको प्लान्टको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका थिए ।

हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

उक्त प्लान्टबाट ५ दिनअघिबाट अक्सिजन उत्पादन सुरु भएको हो । उद्योग संघ मकवानपुरको पहलमा अस्पताल परिसरमा एक करोड ४० लाखको लागतमा उक्त प्लान्ट स्थापना गरिएको हो । अक्सिजन प्लान्टका मेसिनहरु टर्कीबाट आयात गरिएको संघका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन भइरहेको यो अस्पतालमा जडित प्लान्टबाट दैनिक एक सय १५ सिलिन्डर अक्सिजन उत्पादन हुने पोखरेलले वताए । प्लान्टले प्रतिघन्टा ३६ घनमिटर अक्सिजन उत्पादन गर्छ ।

हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरिएको छ । कोरोनाको दोस्रो लहरका बिरामीहरुलाई अस्पतालमा अक्सिजनको अभाव भएर बिरामीहरु अन्यत्र रिफर गर्नु परेको थियो । ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन,’ अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले भने,‘हेटौंडाका उद्योगीहरुको सहयोगका कारणले अब विरामीको उपचारको निम्ति हेटौंडा अस्पतालमा अक्सिजनको समस्या हुँदैन ।’

अस्पतालमा अहिले ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालमा १७ बेड आईसीयू, १६ शय्याको एचडीयू, भेन्टिलेटरसहितको ६ वटा र आकस्मिक कक्षमा ८ वटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय २० शय्या छन् ।

प्रकाशित : श्रावण ३१, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×