१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै प्रदर्शन

अनिश तिवारी

सिन्धुपाल्चोक — चोरीको आरोपमा समातिएका बाह्रबिसे नगरपालिका-७ घुम्थाङका ३२ वर्षीय बसेला तामाङ (खड्गबहादुर)को मृत्यु शंकास्पद देखिएको भन्दै निष्पक्ष छानबिनका लागि पीडित पक्षले आइतबार प्रर्दशन गरेका छन् ।

प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै प्रदर्शन

काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका खड्गबहादुरको प्रहरीको कुटाइबाट ज्यान गएको बताउँदै पीडित परिवारले आइतबार बाह्रबिसे बजार परिक्रमा गरेर प्रहरीलाई ज्ञापन पत्र बुझाएका छन् । प्ले कार्ड र ब्यानरसहित पीडित परिवारले नारा लगाउँदै सडकमा प्रदर्शन गरेका थिए ।

पीडित पक्षका अगुवा युद्धविक्रम तामाङकाअनुसार धुलिखेल अस्पतालबाटै सार्वजनिक भएको तामाङको सम्पूर्ण तस्बिरमा शरीरभरी निलडाम, सुम्लैसुम्ला र केही चोट पनि देखिएको छ । ‘शंकास्पद घटनाबारे निष्पक्ष छानबिन हुनुपर्छ, जे भएको हो त्यो सत्यतथ्य बाहिर आउनुपर्छ, लुकाउन पाइदैन, हाम्रो माग त्यही हो,’ उनले भने ।

जिल्ला प्रहरी उपरिक्षक राजन अधिकारीकाअनुसार प्रहरीको हिरासतमा रहेका बसेला तामाङको स्वास्थ्य अवस्था गएको बुधबार एक्कासी बिग्रिएपछि उपचारर्थ परिवारलाई खबर गरेर तत्कालै बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र लगिएको थियो । बाह्रबिसे प्रास्वाकेले धुलिखेल रिफर गरेपछि परिवार र केही सुरक्षाकर्मी तामाङलाई लिएर बुधबार राति नै धुलिखेल अस्पताल पुगेका थिए । बिहीबार बिहान ४:३० मा धुलिखेल अस्पतालमा उपचारकै क्रममा तामाङको मृत्यु भएको एस्पी अधिकारीले बताए ।

प्रहरीका अनुसार बाह्रबिसे-७घुम्थाङस्थित घुम्थाङ बचत तथा ऋण सहकारी भवनको मूल ढोका फोडेर घर्राबाट खड्गबहादुरले ८१ हजार ७ सय २५ चोरेका थिए । चोरी गरिएको रकमसहित तामाङलाई प्रहरीले साउन १८ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय बाह्रबिसको प्रहरी चौकी हिरासतमा राखेको थियो । ‘मृत्यु के कारणले भएको हो पोष्ट मार्टमपछि खुल्नेछ, प्रहरी कार्यालयमा सीसीटीभी फुटेज भएकाले त्यसमा हेर्दा पनि प्रहरीले कुटपिट गरेको देखिन्न ,’ उनले भने ।

पैसा चोरेको स्वीकारेका कारणले रकम सम्बन्धित पक्षलाई फिर्ता गरिएपछि पनि सोधपुछ या कुटपिट गर्नुपर्ने कुनै कारण नभएको मृतकका परिवार र आफन्तले बताएका छन् ।

प्रकाशित : श्रावण २४, २०७८ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?