कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

२० दिनमा २१ लागूऔषध कारोबारी पक्राउ

कान्तिपुर संवाददाता

हेटौंडा — साउन लागेयताका २० दिनमा हेटौंडाबाट २१ जना लागूऔषध कारोबारी तथा भरिया पक्राउ परेका छन् ।

२० दिनमा २१ लागूऔषध कारोबारी पक्राउ

मकवानपुर प्रहरीका अनुसार साउन १–२० गतेसम्म २ सय ८३ केजी गाँजा, ५ केजी चरेस, ६ ग्राम खैरोहिरोइनसहित २१ जना पक्राउ परेका हुन् । गत बुधबार मात्रै एक सय २७ केजी गाँजासहित २ जना भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका–८ सिमपानीमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकको खानतलासी गर्दा उक्त गाँजा फेला परेको हो  ।

यसै अवधिमा मकवानपुर प्रहरीले लागूऔषधसम्बन्धी १३ वटा मुद्दा दर्तागरेको छ । गत आवमा जिल्लामा यस्ता ९९ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ६२ जना कारोबारी पक्राउ परेका थिए । १ हजार ५ सय ६२ केजी गाँजा र २४ केजी चरेस बरामद भएको थियो ।

प्रकाशित : श्रावण २३, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×