कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले जुरेमा सडक अवरुद्ध

अनिश तिवारी

सिन्धुपाल्चोक — पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि जुरेको माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा आइतबार रातिदेखि सडक थुनिएको हो । 

पहिरोले जुरेमा सडक अवरुद्ध

पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् । यी ठाउँका लागि गुडेका सवारीसाधन कल्लेरी र बाह्रबीसे बजारमै थन्किएका छन् ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहका अनुसार यातायात खुलाउनका लागि सडक डिभिजन, जनप्रतिनिधिलाई खबर गरिएको छ । ‘मध्यरातिदेखि सवारी आवतजावत ठप्प छ, पैदल हिँड्नसमेत बाटो छैन,’ उनले भने, ‘दिनहँुजसो जुरे पहिरो खसिरहन्छ ।’

चरिकोट सडक डिभिजनका एक प्राविधिकका अनुसार अघिल्लो दिन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइने जुरे खण्ड बर्खायता भोलिपल्टै पहिरोले थुनिने गरेको छ । ‘बिरामी र यात्रु जुरे पहिरोको लेदोको खोलामा जोखिम मोलेर पैदल यात्रा गर्दै छन्, दिनहुँ यस्तै गरी हिँड्नुपर्छ,’ बाह्रबिसे नगर–९ का नागरिक सञ्जालका स्थानीय अगुवा उद्धवबहादुर तिवारीले भने ।

प्रकाशित : श्रावण १८, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?