कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवरुद्ध पासाङल्हामु सडक संचालनमा

कृष्ण थापा

नुवाकोट — अविरल वर्षात्‌का कारण अवरुद्ध बनेको पासाङल्हामु सडक शुक्रबारबाट संचालनमा आएको छ । बुधबार रातिको वर्षाका कारण विदुर नगरपालिका २ र ४ वडा बीचमा रहेको मैथली व्यारेक खोल्सामा वर्षाले सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । सडक संचालनमा आइसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जनाएका छन् । सडक १० मिटर तल भासिएको थियो ।

ग्राभेल हालेर अस्थायी रुपमा सडक संचालन ल्याएइए पनि स्थायी रुपमा सडक संचालनमा ल्याउनुपर्ने स्थानीयको माग छ । सरोकारवाला निकायको विदुर नगरपालिका, सडक डिभिजन र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी आयोजनाले बेवस्ताका कारण गत वर्षदेखि जोखिममा रहेको सडक बुधबार राति भत्केको हो ।

सडकको विदुर नगरपालिकाले आफू निकटका ठेकेदारलाई काम दिएर सडकको माथिल्लो भागमात्र कालोपत्र गरेर छाडेको कारण सडक भासिएको स्थानीयले बताए । यो रसुवा र नुवाकोट जोड्ने एकमात्रै बैकल्पिक सडक हो ।

प्रकाशित : श्रावण १५, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?