कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२८२ रुपैयाँ जरिवाना नबुझाउने ४ वर्षपछि पक्राउ

सिन्धुली —  झन्डै २ सय ८२ रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

२८२ रुपैयाँ जरिवाना नबुझाउने ४ वर्षपछि पक्राउ

सिन्धुली जिल्ला अदालतले कमलामाई नगरपालिका–१३ का गिरिजा थापालाई २०७४ साउन १६ मा लेनदेनको मुद्दामा दोषी ठहर गर्दै २ सय ८१ रुपैयाँ ३३ पैसा जरिवाना तोकेको थियो 

तर जरिवाना रकम नबुझाई लुकीछिपी बस्दै आएका उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरिएको सिन्धुली प्रहरी प्रवक्ता मनोजकुमार लामाले बताए । अदालतको लगत नं १०७९ अनुसार फरार देखिएकाले उनलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको उनले बताए ।

प्रकाशित : श्रावण २, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?