कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ घर पहिरोको जोखिममा

हरिहरसिंह राठौर

धादिङ — धुनिबेसी नगरपालिका–९ खत्रीपौवा–सिस्नेखोलाका १२ घर पहिरोको जोखिममा परेका छन् । नागढुंगा–सिस्नेलोला सुरुङमार्गले सडक फराकिलो पार्ने क्रममा उपकरणहरूको प्रयोग गर्दा वर्षाका कारण गाउँ नै जोखिममा परेको हो ।

१२ घर पहिरोको जोखिममा

त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडक खण्डको खत्रीपौवाका करिब १२ घर जोखिममा परेको स्थानीय अगुवा राजीव लामाले बताए । सुरुङमार्गले सडक विस्तार गर्ने बेलामा नागरिकसँग समन्वय गरी कटिङको काम गर्दा यस्तो समस्या आएको धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।

संघीय सरकारको मातहतमा सञ्चालन हुने आयोजनाले नागरिकलाई दुःख दिएको र कुनै पनि कार्यक्रममा नगरपालिकासँग समन्वय नगरेको मेयर आचार्यको आरोप छ । सोमबारमात्र धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो । पहिरोको जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्ने र यो बस्तीको घरजग्गाका लागि मुआब्जा माग गरिने नगर प्रमुख आचार्यले बताए ।

प्रकाशित : असार २३, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?