कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका ५ रानीखोलामा अवैध बालुवा उत्खनन् गरिरहेको स्काभेटर र तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

नियन्त्रणमा लिइएको स्काभेटर र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि शनिबार जिल्ला समन्वय समितिमा पठाइएको प्रहरीले जनाएको छ । रानीखोलामा स्काभेटर प्रयोग गरी बालुवा झिक्दै गरेको स्थानीयले सूचना दिएपछि प्रहरी टोलीले शुक्रबार राति नियन्त्रणमा लिएको थियो ।

अवैध उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाइ कारबाहीका लागि कमलामाई नगरपालिकासँग समन्वय भइरहेको जिल्ला समन्वय समितिका संयोजक शंकरराज वर्मा तिवारीले जानकारी दिए ।


प्रकाशित : असार १२, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×