कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी बन्द गरेर विद्यार्थी सामुदायिकलाई

हेटौंडा — ग्रामीण भेगका सामुदायिक विद्यालयमा पठनपाठनको गुणस्तरमा सुधार आएपछि संस्थागत (बोर्डिङ) विद्यालयहरू क्रमशः बन्द हुन थालेका छन् । केही सञ्चालकहरूले आफैं बोर्डिङ स्कुल बन्द गरेर सामुदायिक विद्यालयमा विद्यार्थी हस्तान्तरणसमेत गरेका छन् ।

निजी बन्द गरेर विद्यार्थी सामुदायिकलाई

यसैमध्येको एक हो बकैया गाउँपालिका–३ हात्तीसुढेस्थित चाइल्ड लर्निङ इंग्लिस बोर्डिङ स्कुल । गत जेठ ३१ मा बोर्डिङमा अध्ययनरत नर्सरीदेखि कक्षा ४ सम्मका १ सय १ विद्यार्थी स्थानीय बुद्ध माविलाई हस्तान्तरण गरेको सञ्चालक सुरेश लामा लोले बताए । ‘गाउँकै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि बोर्डिङ स्कुल बन्द गरेर विद्यार्थी हस्तान्तरण गरेका हौं,’ उनले भने । उक्त बोर्डिङ स्कुल २०६९ देखि सञ्चालनमा थियो ।

बुद्ध माविले गत वर्षदेखि अंग्रेजी माध्यममा पनि पठनपाठन थालेको थियो । ‘त्यसयता अभिभावक र विद्यार्थीको विद्यालयप्रति आकर्षण बढ्दै गएको छ,’ विद्यालयका शिक्षक सुरेश रेग्मीले भने, ‘सामुदायिक विद्यालयमा गुणस्तरयुक्त पठनपाठन सुरु भएपछि बोर्डिङ स्कुलहरूको आवश्यकतै पर्दैन ।’

विगतमा सामुदायिक विद्यालयको पठनपाठन मात्र होइन, व्यवस्थापनसमेत फितलो थियो । अहिले यसमा केही सुधार देखिएको छ । स्थानीय तहहरूले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरका लागि विविधखाले सहयोग गर्न थालेपछि परिवर्तन आएको अभिभावक र अन्य सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित : असार ७, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?