कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिलान्यास नाघीमा, बजेट खिम्तीलाई

टीकाप्रसाद भट्ट

रामेछाप — पालिकाको केन्द्र धोबी बजारनजिक नाघीमा निर्माण गर्ने भनिएको अस्पताल भवनको बजेट फरक स्थानमा विनियोजन भएपछि रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माण हुने १५ शय्याको अस्पतालको काम यो वर्ष सुरु नहुने भएको छ ।

शिलान्यास नाघीमा, बजेट खिम्तीलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रमअन्तर्गत यहाँ पनि योजना परेको थियो । देशभरका ३ सय ९ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुने क्रममा नाघीमा पनि गरिएको थियो ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले शिलान्यास गरिएकै स्थानमा निर्माण प्रक्रिया अघि बढाउन खोजे पनि तोकिएको कार्यक्रम र बजेट खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि छुट्याइएको पाएको बताए ।

कार्यक्रम र निर्माणस्थल संशोधन गरी नाघीमै अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयबाट निर्णय गराई अर्थ मन्त्रालयमा फाइल पुर्‍याए पनि चलखेल भएको उनको आरोप छ । खिम्तीस्थित केन्द्रका लागि यसअघि नै सुविधासम्पन्न भवन बनिसकेको छ ।

प्रकाशित : असार ४, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?