कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसीमा फेला परेका तीन शवमध्ये एकको पहिचान

राजकुमार कार्की

सिन्धुली — सुनकोसीको बाढीले बगाएर ल्याएको शव चिनियाँ नागरिकको भएको खुलेको छ । इन्द्रावतीमा आएको बाढीले बगाएर बेपत्ता भएका चिनियाँ नागरिकको शवको सनाखत भएको प्रहरीले जनाएको छ । 

सुनकोसीमा फेला परेका तीन शवमध्ये एकको पहिचान

सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाका अनुसार सुनकोसी गाउँपालिका ५ मुल्कोट नजिक सुनकोसी नदी किनारामा फेला परेको शव चीनको यिनचुआन सहरकी ४८ वर्षीय युटिजुको हो । परिचयपत्रका आधारमा शव पहिचान गरिएको छ । शव पहिचानपछि आफन्तलाई जिम्मा लगाइएको डिएसपी लामाले बताए ।

मृतक युटिजु सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिइन् । युटिजु मंगलबार रातिबाट बाढीमा परी बेपत्ता भएकी थिइन् । सुनकोसी नदीमा बेवारिसे अवस्थामा फेला परेका अझै दुइटा शवको सनाखत हुन सकेको छैन । सुनकोसी –६ कानढुंग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा फेला परेको पुरुषको शवको पहिचान गराउने प्रयास भैरहेको समेत डिएसपी लामाले बताए ।

मंगलबार राति इन्द्रावतीमा आएको बाढीमा तीन चिनियाँ र तीन भारतीय नागरिक बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरीले सुनकोसी नदी आसपासमा माइकिङमार्फत नदी किनारमा गई माछा मार्ने र दाउरा संकलन नगर्न आग्रह गरेको छ ।

प्रकाशित : असार ३, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?