वाग्मतीमा नीति तथा कार्यक्रम बहुमतले पारित
मकवानपुर — वाग्मती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नेकपा एमालेको दुवै पक्षका सांसदले नीति तथा कार्यक्रमलाई समर्थन गरेसँगै बहुमतले पास भएको हो । प्रमुख प्रतपिक्षी दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी नीति तथा कार्यक्रमको विपक्षमा उभिएका थिए । राप्रपाका दुई सांसद तटस्थ बसेका थिए ।
मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको यो चौंथो नीति तथा कार्यक्रम हो । एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएकी थिइन् । प्रदेशमा सभामुखसहित १०९ सांसदमध्ये ५६ जना एमालेका रहेका छन् ।
प्रकाशित : जेष्ठ २९, २०७८ १६:३९