कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैद्यको अभिव्यक्तिको विरोधमा प्रदेशसभा भवन अगाडि एमाले कार्यकर्ताको प्रदर्शन

सुवास विडारी

हेटौंडा — नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले विवादास्पद अभिव्यक्ति दिएको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

वैद्यको अभिव्यक्तिको विरोधमा प्रदेशसभा भवन अगाडि एमाले कार्यकर्ताको प्रदर्शन

हेटौंडामा बिहानैबाट एमाले निकट युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हेटौंडाको मुख्य चोक बुद्धचोक र हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि सांसद वैद्यको पुत्ला जलाएका छन् ।

शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

प्रदेशसभाको बैठक केही बेरमा बस्दैछ । बैठकका लागि सांसदहरु आउने क्रम सुरु भइसकेको छ । ‘संसदीय मर्यादाविपरीत प्रधानमन्त्रीको हत्या नै गछौं भनेर रोस्ट्रमबाटै बोलेपश्चात् हामीले आन्दोलन गरेका हौं । हामी तत्काल उहाँलाई कारबाहीको माग गर्दछौं,’ युवा संघका नेता सन्तोष चौलागाईंले भने ।


यसैबीच, वाग्मती प्रदेशसभा भवन अगाडि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?