कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशसभामा प्रि–बजेट छलफल

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात् प्रि–बजेट छलफल सुरु भएको छ ।

वाग्मती प्रदेशसभामा प्रि–बजेट छलफल

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका थिए ।

मन्त्री ढुंगेलले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ नियन्त्रणमा केन्द्रित हुने प्रदेशसभामा जानकारी गराएका छन् । ‘प्रदेशभरका अस्पतालको स्तरोन्नति तथा स्वास्थ्यकर्मी र आवश्यक पूर्वााधारको विकासमा जोड दिइनेछ ।’, उनले भने । विकासमा क्षेत्रगत तथा भौगोलिक सन्तुलन कायम गर्ने गरी उत्पान वृद्धि हुने र तत्काल रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट विनियोजन गरिने उनले बताए । कोरोनाबाट प्रभावित न्यून आय भएकाहरुलाई सुलभ ब्याजदरमा ऋणको व्यवस्था गरिने बताइएको छ ।

‘बहुवर्षे र क्रमागत योजनालाई बजेट सुनिश्चितात गरेर मात्र अन्य योजनालाई अगाडि बढाइनेछ ।’, मन्त्री ढुंगेलले भने । आवधिक, प्रादेशिक योजना र दीगो विकासको लक्ष्य प्राप्त गर्न प्रतिकुल समय भएको टिप्पणी गरे । ‘डीपीआर, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेको योजनालाई मात्र बजेट विनियोज गर्ने कार्यको थालनी गरिने छ ।’, उनले थपे ।

बजेट कार्यान्वयन प्रणाली सुधार गर्नमा सिद्धान्त र प्राथमिकताले जोड दिएको छ । ‘विपद् र आकस्मिक प्रयोजनको रोकथाम र नियन्त्रणबाहेक आर्थिक वर्षको बीचमा नयाँ कार्यक्रम र आयोजनाका लागि थप वित्तिय व्यवस्था हस्तान्तरण गरिनेछैन ।’, मन्त्री ढुंगेलले भने । राजस्व वृद्धिका लागि सम्भावित स्रोतको खोजी तथा दायरा फराकिलो बनाइने पनि उनले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?