कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

सिन्धुलीमा ओलीको पुत्ला दहन

राजकुमार कार्की

सिन्धुली — असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुली कांग्रेसका यूवाहरुले शनिबार साँझ प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । 

सिन्धुलीमा ओलीको पुत्ला दहन

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुलीमाडीको शान्ति नगर चोकमा कांग्रेस यूवा समूहले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयू लम्ब्याउन गरिएको प्रपञ्चलाइ कदापी नस्वीकार्ने यूवाहरुको भनाइ थियो ।

ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×