कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरस्थित प्राइम कमर्सियल बैंकमा आगलागी

रमेशकुमार पौडेल

काठमाडौँ — चितवन– प्राइम कमर्सियल बैंक लिमिटेडको भरतपुर, चौबिसकोठीमा रहेको शाखा कार्यालयमा आगलागी भएको छ । बिजुली सर्ट भएका कारण सोमबार साँझपख आगलागी भएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिकाको दमकल, सेना र प्रहरीको टोलीले आगो साँझ सवा ६ बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज गिरीका अनुसार आगलागी हुँदा १० थान कम्प्युटर, प्रिन्टर १० थान, दुई थान फोटोकपी मेसिन, दुईवटा एसी, टेलिफोन सेटहरू, पैसा गन्ने मेसिन, बैंक स्टेटमेन्ट प्रिन्ट गर्ने मेसिन, टोकन मेसिन, स्क्यानर, पङ्खा, हाजिर गर्ने मेसिन जलेका छन् । फर्निचर र अन्य उपकरण पनि जलेका छन् । ४० लाख रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको डीएसपी गिरीले बताए ।

प्रकाशित : वैशाख २८, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?