कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुवै चरणको खोप लगाएका मेयर पुन: संक्रमित

राजकुमार कार्की

सिन्धुली — कोरोना भाइरस विरुद्धको पहिलो र दोस्रो डोज खोप लगाइसकेका सिन्धुलीको दुधौली नगरपालिकाका मेयर घनश्याम राउत कोरोना संक्रमित भएका छन् । शुक्रबार उनको रिपोर्ट पोजिटिभ आएको हो । 

योजना अनुगमनमा सँगै हिँडेका प्राविधिकलाई ज्वरोसहितको लक्षण देखिएर जाँच गराउँदा संक्रमित भएपछि कन्ट्र्याक ट्रेसिङका आधारमा नगरप्रमुख राउतको समेत पीसीआर परीक्षण गरिएको थियो ।

होम आइसोलेसनमा रहेका राउतको स्वास्थ्य सामान्य छ । दुधौली नगरपालिका एकसाताका लागि लकडाउन गरिएको छ भने ४६ जना संक्रमित रहेका छन् ।

प्रकाशित : वैशाख २४, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?