कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मकवानपुरमा छोराद्वारा बाबुको हत्या

हेटौंडा — मकवानपुरमा छोराले बाबुको हत्या गरेको छ । कैलाश गाउँपालिका–३, कटुञ्जेमा २९ वर्षीय अन्जन सापकोटाले ५० वर्षीय बाबु बलराम सापकोटालाई आइतबार टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गरेको भार्ता प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णराज गौतम जानकारी दिए ।

कामको विषयमा विवाद हुँदा छोराले एक्कासी बाबुको टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत् गर्दै गौतमले बताए । उनका अनुसार बाबुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्या आरोपी अन्जनलाई बञ्‍चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतक बलरामका तीन श्रीमती छन् । उनलाई बन्चरो प्रहार गर्ने माइँली पत्निका छोरा हुन् ।

प्रकाशित : वैशाख १२, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×