कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाका कारण हेटौंडामा जोरबिजोर प्रणाली लागू

सुवास विडारी

मकवानपुर — कोरोना भाइरस संक्रमण बढेपछि हेटौंडामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले हेटौंडामा कोरोना महामारी फैलिँदै गएको अवस्थामा पनि भीडभाड नघटेकाले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । प्रशासनका अनुसार १२ वैशाख आइतबारदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ ।

भीडभाड नगर्न र अनिवार्य मास्क लगाउन नागरिकलाई गरेको आग्रह कार्यान्वयनमा नआएपछि सवारीसाधनमा जोरबिजोर प्रणाल लागू गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले जानकारी दिए । ‘कोरोना संक्रमित बढेसँगै महामारी ह्वातै बढेपछि हेटौंडामा कडाई गर्नुपर्ने अवस्था सिर्जना भएकाले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हौं ।’,

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गर्तौलाले बैठकले वैशाख मसान्तसम्म प्यार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज स्थल बन्द गर्ने निर्णय गरेको छ ।


प्रकाशित : वैशाख १०, २०७८ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?