कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एमाले नेपाल समूहद्वारा काभ्रे जिल्ला कमिटी पुनर्गठन

काभ्रे — जिल्लाको संस्थापन मानिने एमाले नेपाल समूहले जिल्ला कमिटी पुनर्गठन गरेको छ । 

एमाले नेपाल समूहद्वारा काभ्रे जिल्ला कमिटी पुनर्गठन

वरिष्ठ नेता माधव कुमार नेपालको उपस्थितिमा आइतबार २ सय १ सदस्यीय काभ्रे जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटी अध्यक्षमा टोकबहादुर वाइबा, उपाध्यक्ष बसुन्धरा हुमागाईं, सचिव दिपक गौतम र उपसचिव भक्तकुमारी लामा छन् । वाइबा साविक एमालेका जिल्ला कमिटी अध्यक्ष हुन् ।

यसअघि ओली समूहले उपाध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको थियो । पार्टी बैठक नराखेको, विपक्षीसँग मिलेको लगायत आरोप लगाउँदै ‘बहुमत’ जिल्ला कमिटी सदस्यले अध्यक्ष टोकबहादुर वाइबालाई हटाएको दाबी ओली समूहको छ ।

नेपाल समूहले जिल्ला कमिटी, सल्लाहकार कमिटी, जनवर्गीय संगठनका पदाधिकारी र १३ वटै स्थानीय तहमा पदाधिकारी र इञ्चार्जसमेत तोकको छ । अध्यक्ष वाइबाले वैशाख २० गतेभित्र गाउँ तथा नगर र जनवर्गीय संगठनहरुको कमिटी पूर्णता दिई मसान्तसम्म वडा तहसम्म कमिटी गठन गर्ने दाबी गरे ।

प्रकाशित : वैशाख ५, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?