१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

वाग्मती प्रदेशमा एमाले संसदीय बोर्ड गठन

मकवानपुर — वाग्मती प्रदेशमा सत्तारूढ एमालेले १५ सदस्यीय संसदीय प्रदेश बोर्ड गठन गरेको छ । प्रदेशसभास्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले गठन गरेको हो ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकबाट गठित बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशिजंग थापा र सरस्वती बाटी छन् ।

बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने प्रमुख सचेतक केशवराजले बताए । संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधानलाई पारितसमेत गरेको छ । ‘एमालेको आफ्नै संसदीय दलको विधान थिएन । हामी नेकपाको विधानअनुसार अगाडि बढिरहेका थियौं । पार्टी विभाजन भएपश्चात् आफ्नो विधान बनाएका हौं,’ पाण्डेले भने ।

प्रकाशित : वैशाख ४, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?