१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रामेछापमा करणी आरोपी पक्राउ 

टीकाप्रसाद भट्ट

रामेछाप — शारीरिक अशक्तता र सुस्त मनस्थिति भएकी ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको फरार आरोपी पक्राउ परेका छन् । 

रामेछापमा करणी आरोपी पक्राउ 

दोरम्बा गाउँपालिका ७ का ५६ का अंगते तामाङलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरेको हो ।

केही दिनअघिको घटनाबारेमा प्रहरी कार्यालयमा जाहेरी पर्नासाथ खोजी कार्यमा जुटेको प्रहरीले तामाङलाई आइतबार पक्राउ गरी हिरासतमा राखेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीविरुद्ध जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।


प्रकाशित : चैत्र २९, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?