कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

धादिङ — धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । धादिङको साविक दार्खा गाविस-२ हालको खनियावास गााउँपालिका-३ का ४१ वर्षीय घर्ती तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

२०५९ कात्तिक २९ गते धादिङको साविक दार्खा गाविस-२ स्थित केवरे देउरालीमा पर्शुराम तामाङलाई प्रतिवादी घर्तीसहितको समूहले खुकुरी, ढुंगाले प्रहार गरी टाउको र खुट्टमा काटी सख्त घाइते बनाएर मराणासन्न अवस्थामा छोडेर फरार भएका थिए । घाइते तामाङलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार रहेका तामाङलाई धादिङ प्रहरीले गत चैत २५ गते बुधबार ललितपुरबाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रकाशित : चैत्र २८, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?