कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्थलीमा २ सय २८ जनाको आँखाको शल्यक्रिया

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थलीमा सञ्चालित तीन दिने आँखा शिविरमा २ सय २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

मन्थलीमा २ सय २८ जनाको आँखाको शल्यक्रिया

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा सञ्चालित उक्त शिविरमा रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगाका आँखा रोगीको शल्यक्रियामार्फत उपचार गरिएको हो । शिविरमा आँखाका विभिन्न समस्या भएका एक हजारभन्दा बढी रोगीलाई स्वास्थ्य परीक्षण, उपचार र औषधि उपलब्ध भएको थियो ।

तिलगंगा आँखा अस्पतालका रमेश पराजुली, डा. संयम बजिमय, योगिता भण्डारी र प्रतिभा शाही लगायतले शिविरमा शल्यक्रिया र उपचार सेवा प्रदान गरेका थिए । जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप, मन्थली साकोस र तामाकोशी अस्पतालले संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।

प्रकाशित : फाल्गुन २९, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?