कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको बेनीघाटमा ट्रक दुर्घटना : चालक र सहचालकको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

धादिङको बेनीघाटमा ट्रक दुर्घटना : चालक र सहचालकको मृत्यु 

मंगलबार रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही स्थान घर भएका सहचालक २८ वर्षीय समुन सञ्जेलको मृत्यु भएको हो । दुवैको ट्रकले थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको टोलीले शव निकाली पोस्टमार्टममा लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको पनि प्रहरीले बताएको छ । दुर्घटना कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

प्रकाशित : फाल्गुन २५, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?