कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन आयोजनाका सबइन्जिनियर घूससहित पक्राउ

सुवास विडारी

मकवानपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले घूस रकम सहित सब इन्जिनियरलाई शुक्रबार पक्राउ गरेको छ ।

पर्यटन आयोजनाका सबइन्जिनियर घूससहित पक्राउ

वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनाका सबइन्जिनियर नेत्र लामिछानेलाई नगद ५० हजार रुपैयाँ घूस रकमसहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । उनलाई आयोजनाको कार्यालय परिसरभित्रै सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा १२ बजेतिर पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार धादिङ जिल्लाको खनियाबाँसमा आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट पदमार्ग निर्माण गर्दा उपभोक्ता समितिले राखेको धरौटी रकम फिर्ता गर्ने क्रममा उनले घूस रकम मागेको थिए । सोही क्रममा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको हो । रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा आयोजनाअन्तर्गत् हुने भौतिक पूर्वाधारको निरीक्षण लामिछानेले गर्दै आएका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?