कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा सवारी दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रेमा मोटरसाइकल र ट्रक ठोक्किएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।

धादिङमा सवारी दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

आपसमा ठक्कर खाएलगत्तै भएको आगलागीमा नीलकण्ठ–३ बीचबजारका ६० वर्षीय बलराम अधिकारी र उनका २८ वर्षीय छोरा डा. सुरेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रुपा थापाले बताइन् ।

थाँक्रेको ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल आपसमा ठोकिए लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार बाबु छोराको जलेर मृत्यु भएको हो । गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ३ ०२ ००९ प. ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना. १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासि आगो लागेको स्थानीयले बताएका छन् । स्थानीयले आगलागी नियन्त्रण गर्न खोजे पनि सफल भएका थिएनन् ।

प्रकाशित : माघ २९, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?