१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

रामेछापमा राँके जुलुस

रामेछाप — नेकपा–नेपाल समूहले बुधबार साँझ रामेछापको मन्थलीमा राँके जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीका गैरसंवैधानिक कदमका विरुद्ध उक्त समूहले बिहीबारका लागि आव्हान गरेको आम हड्तालको पूर्वसन्ध्यामा राँके जुलुस निकालिएको हो ।

रामेछापमा राँके जुलुस

ठूलो संख्यामा रहेका प्रदर्शनकारीले जुलुस सकेर स्थानीय देवकोटा चोकमा नाराबाजी गरेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो । राँको बालेर बसेका प्रदर्शनकारीले प्रहरीको हस्तक्षेपलाई निष्प्रभावी बनाइदिएका थिए । प्रहरीले पटक-पटक पानी हालेर राँको निभाउनका लागि प्रयास गरेपछि उत्तेजित कार्यकर्ताले प्रतिरोध गरेका थिए । प्रहरीको प्रयास निस्तेज पारेपछि आन्दोलनकारी नाराबाजी गर्दै पार्टी कार्यालयतर्फ लागेका थिए ।

प्रदर्शनमा प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नारा लगाइएको थियो ।


प्रकाशित : माघ २१, २०७७ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?