कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, चालक सख्त घाइते

सिन्धुली — सिन्धुलीगढी नजिक जिप दुर्घटनामा हुँदा शनिबार एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

सदरमुकाम सिन्धुलीबाट खुर्कोटका लागि छुटेको ज १ च १३५४ नं जिप गोलन्जोर गाउँपालिका ५ सोलाभन्ज्याङमा दुर्घटना हुँदा महोत्तरी रामगोपालपुर ५ कञ्चनपुरका ४१ वर्षीय वसन्त मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिपका चालक घनुषा गोविन्दपुरका २२ वर्षीय सिजल यादव सख्त घाइते भएका छन् । उनलाई उपचारार्थ काठमाडौं लगिएको छ ।

जिप अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।


प्रकाशित : माघ १०, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?