कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध काठसहित ४ जना प्रहरीको नियन्त्रणमा

सिन्धुली — सिन्धुलीमा अवैध काठसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिब २३ दशमलब ७९ क्युफिट सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कमलामाई नगरपालिका–१० स्थित सरकारी टोल नजिकै शुक्रबार ना ३ त ८०० नम्बरका ट्याक्टरसहित चार जनालाई ईलाका प्रहरी कार्यालय भिमानको टोलीले पक्राउ गरेको हो ।

अवैध काठसहित ४ जना प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा तीनपाटन गाउँपालिका–२ का ट्र्याक्टर चालक ४८ वर्षीय कर्णबहादुर तामाङ, १८ वर्षीय भुवन मगर, ३५ वर्षीय बलबहादुर राना र ५० वर्षीय मानबहादुर मगर छन् ।

तीनपाटन गाउँपालिका–१ बाट कमलामाई नगरपालिका–१० तर्फ सालको झ्यालको चौकोस चारथान, ढोकाको चौकोस पाँच थान, पटहा (फलेक) २१ थान नियन्त्रणमा लिई सब डिभिजन वन कार्यालय भिमानमा बुझाएको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?