कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषिमा वैदेशिक लगानीको विरोध

काभ्रे — कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने सरकारी निर्णयको कृषकका संघ संगठनले विरोध जनाएका छन् । 

नेपाली भूमिहिन, सिमान्तकृत कृषि श्रमिक, महिला तथा साना किसानलाई बिर्सेर केही ठूला लगानीकर्ताहरुको पहलमा कृषिमा विदेशी लगानी ल्याउने निर्णयको विरोध गर्दै राष्ट्रिय कृषक समूह महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

उत्पादनमा विदेशी लगानी ल्याइए ग्रामीण पारिवारिक तथा आत्मनिर्भर खेती प्रणाली अवलम्बन गरी जीवीका चलाउँदै आएका करिब दुई तिहाई किसानहरुको रोजगारी खोसिने र जीविकोपार्जन, पर्यावरण, पोषणा सुरक्षा, कुल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदानमा समेत नकारात्मक असर पर्ने महासंघका जिल्ला अध्यक्ष उद्धवप्रसाद हुमागाईंले बताए ।

कालान्तरमा कृषकहरुलाई आफ्नो खेतबारीबारीबाटै पलायन गराउने गरी गरिएको यस प्रकारको निर्णय अविलम्ब फिर्ता गरी कृषकलाई सक्षम बनाएर उत्पादन बढाउन जिम्मेवार राज्यको दायित्य वहन गर्न पनि माग गरेको छ ।

प्रकाशित : माघ ९, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?