१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

खैरो हेरोइनसहित ९ जना पक्राउ

काठमाडौँ — प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र लागूऔषधको तौल नाप्ने मेसिनसहित ९ जनालाई पक्राउ गरेको छ  ।

खैरो हेरोइनसहित ९ जना पक्राउ

ब्युरोले विभिन्न स्थानबाट ५ सय ३६ ग्राम खैरो हेरोइन, ७ दशमलव ५ ग्राम एम्फेटामाइन, लागूऔषध तौल गर्ने दुइटा मेसिन, नगद ६ लाख ७१ हजार ५ सय रुपैयाँ, ६ हजार १ सय अमेरिकन डलर र तीन वटा मोटरसाइकल र स्कुटरसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर–१० मनमैजु बस्ने इलामका सन्दीप राई, दीपक राई, केसाङ योल्मु, सोनाम कागते, स्वयम्भू बस्ने मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीमप्रसाद लोवा, झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ छन् ।

प्रकाशित : माघ ८, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?