चरिकोट — दोलखामा जिपको ठक्करले बालकको मृत्यु भएको छ । मंगलबार दोलखाको वैत्यश्वर गाउँपालिका—३ मा जिपले ठक्कर दिँदा ६ वर्षीय बालक संगम तामाङको मृत्यु भएको हो ।
लहरेमानेबाट मिर्गे आउँदै गरेको जिपले ठक्कर दिएका बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि सवारी साधन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।